जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो भार्खुका पासाङ डिण्डुप तामाङले चौरिपालन गरेरै २९ वर्ष बिताईसकेका छन् ।तीन छोराछोरीलाई हुर्काइबढाई र पढाइ लगायत सबै खर्च यसैबाट धानेका छन् ।
२०५२ सालदेखि उनले चौरि पालन गर्दै आएका हुन् । उनको यो पुर्ख्यौली पेसा रहेकाले पढ्न लेख्न पाएनन् तर पनि आफ्नो छोराछोरीलाई भने राम्रो गरेका छन् ।उति वेला खासै स्कुल जाने चलन थिएन भएता पनि गरिबिका कारण स्कूल जान पाइएन हुर्किदेखिनै चौरिसंग रमाइयो ।अन्य खेतीपातीमा व्यस्त भइयो ।सुरुवातमा त १० वटा पाल्न सुरु गरेको थिए ।बिस्तारै पेसालाई बढाउँदै लगियो । अहिले उमेर बढ्दै गएपछि नसकिने रहेछ र हाल २० वटा चौरि र २ वटा गोरु छन् । यसैबाट वर्षको ९ लाख आम्दानी हुन्छ र घर खर्च चलाउन सहज भएको छ । सुरुमा ३५ हजारबाट लगानी गरियो । पुरानो चौरि पालक कृषकको पुरस्कार समेत पाएको छ। उनले सिङगोम्वा चौरि फार्म नाम राखेर यो व्यवसाय गरिरहेका छन्।
यस्तै ठुलो भार्खु कै च्याङवा तामाङले पनि ३० वटा चौरि पालेका छन् ।उनको पनि पुर्खाको पेसा चौरिपालन नै हो ।उनको वार्षिक आम्दानी १२ लाख हुन्छ ।अर्का लाक्पा तामाङले भन्छन् ,के गर्नु पढ्न लेख्न पाइएन, पुर्खाले पालिआएको यही चौरि पाल्न जानियो परम्परागत खेती गरियो ।यसबाट वार्षिक ९ लाख हुन्छ ।त्यतिकै दुख पनि छ । पैसा पनि हुन्छ । र अहिले चौरि २० वटा रहेको छ ।
अर्का नुर्पु सोनाम तामाङको पनि २० वटा जति चौरि पालेका छन् ।यो चौरि पाल्ने पनि हाम्रो पालामा मात्रै होला । छोराछोरीहरू कोही काठमाडौँ,कोही विदेश हाम्रो पुस्ता सम्म चाहिँ बाउ बाजेको काम लाई निरन्तरता दिएका छौ ।उनको पनि वार्षिक सरदर नौ लाख हुन्छ। हिमाली जिल्ला रसुवामा प्राय कृषि पेसामा नै आबद्ध छन्