विज्ञ भेलाले तामाङ लिपिको समस्या समाधान गर्नेछ : मुख्यमन्त्री तामाङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
238 Shares
काठमाडौं

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेशमा कामकाजीको भाषा एन कार्यान्वयनको चरण रहेको बताएका छन् ।

शनिबार काठमाडौँको रामहिटिस्थित सिद्धार्थ बुटिक होटेलमा अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आयोजना गरेको विषयगत विज्ञ भेलालाई सम्बोधन गर्दै तामाङले यो कार्यक्रमले तामाङ संस्कृति, भाषा, इतिहास र सभ्यतालाई विकास र प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

मुख्यमन्त्री लामाले भने, ‘कार्यक्रमले तामाङ भाषा लिपिको समस्यालाई समाधान गर्नेछ ।’

विज्ञ भेलाले सांस्कृतिक पुनः उत्थान समिति, तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समिति, तामाङ मानवअधिकार प्रवर्द्धन समिति, भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समिति, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समिति गठन गरिनेछ ।

भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बर्मा लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका छन् । त्यस्तै विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले अनलाइन (भर्चुअल) बाट सहभागिता जनाएका छन् ।

उद्घाटन सत्रलाई आइटिसीका पूर्वाध्यक्ष एवं प्रमुख सल्लाहकार, पूर्व राजदूत डा. गणेश योन्जन, तामाङ समाज पोर्चुगलका सल्लाहकार कुमार तामाङ, तामाङ समाज अमेरिका न्युयोर्कका अध्यक्ष बुद्धिमान तामाङ, नेपाल तामाङ समाज जापानका वरिष्ठ उपाध्यक्ष गिरीबहादुर तामाङ, अखिल भारत बौद्ध सङ्घका सल्लाहकार राजकुमार तामाङ, तामाङ सोसाइटी अफ टेक्सास अमेरिकाका महासचिव प्रदिस तामाङ, तामाङ घेदुङ मलेसियाका पूर्वाध्यक्ष जगत दोङ, तामाङ समाज युएई नेपालका सम्पर्क समिति अध्यक्ष निशान लामा लगायतले शुभकामन दिएका थिए ।

आज र भोलीसम्म हुने भेलामा विभिन्न देशका प्रतिनिधिहरूले छलफलमार्फत सम्बन्धित विषयहरूमा कार्य योजनालाई अन्तिम रूप दिई कार्यान्वयनका लागि विषयगत समितिको गठन गरिनेछ ।

उद्घाटन सत्रलाई तामाङ लामा, बोन्बो र ताम्बा साङसेरकेममार्फत स्वागत गरेका थिए ।

भेलाको व्यवस्थापन नेपाल तामाङ घेदुङ सङ्घीय समितिले गरिएको छ ।

यो पनि
अन्तर्राष्ट्रिय तामाङ परिषद्को विज्ञ भेलाको तयारी पूरा

तपाईको प्रतिक्रिया