साईप्रस घेदुङको वार्षिकोत्सवको तयारी पुरा

सैलुङअनलाइन संवाददाता
7 Shares
साईप्रस
फाइल : फोटो

नेपाल तामाङ घेदुङ साईप्रसको वार्षिकोत्सवको तयारी पुरा भएको छ । वार्षिकोत्सव यही अक्टोबर २७ आइतबार मनाउने भएको हो ।

साईप्रसको लिमासोलस्थित गोर्खा किचन रेस्टुरेण्टमा एक कार्यक्रम गरी वार्षिकोत्सवको शुभकामना आदानप्रदान गर्ने घेदुङकी महासचिव लक्ष्मी ब्लोन तामाङले जानकारी दिइन् ।

नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि साइप्रस आइपुगेका तामाङहरुले ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको संवर्द्वन’ भन्ने मुल नाराका साथ सन् २०१६ अक्टोबर महिनामा स्थापना गरेको घेदुङले तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा टेक्ने क्रममा छ ।

घेदुङका ऐतिहासिक बार्षिकोत्सवमा सदस्यहरु, बुद्धिजीवी, पत्रकार, लगायत विभिन्न पेशमा आबद्ध तामाङ तथा गैर तामाङ दाजुभाइ, दिदीबहिनीहरुलाई गरिमामय उपस्थितका लागि अनुरोध गरेको महासचिव तामाङले बताइन् ।

घेदुङले स्थापना कालदेखिनै साइप्रसमा विविध कारण पीडित भएका तामाङहरुको उद्धार, शैक्षिक क्षेत्र, आर्थिक कमजोर भएका विभिन्न रोगका बिरामीहरू लगायतलाई सहयोग गर्दै आएका छन् । पछिल्लोपटक ह्याङ्ला दोलखा तामाङ समाजसँगको सहकार्यमा रक्तदान कार्यक्रम, मेला तथा जात्राहरुमा नि:शुल्क पानी वितरण समेत गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका