अन्तर्राष्ट्रिय तामाङ परिषद्को विषयगत भेला सम्पन्न, ६ वटा समिति गठन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
574 Shares
काठमाडौं

अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)द्वारा आयोजित विषयगत विज्ञ भेला सम्पन्न भएको छ ।

शनिवार र आइतबार दुई दिनसम्म काठमाडौँको रामहिटिस्थित सिद्धार्थ बुटिक होटेलमा चलेको भेलाले ६ वटा विषयगत समिति गठन गर्दै आगामी ३ वर्षमा गरिने कार्य योजना पारित गरेको छ ।

भेलामा छलफल भएर विषयगत समितिले ल्याएका कार्य योजनालाई प्लेनरीबाट पास गराएका थिए । विषयगत कार्य योजनामा तामाङ-तामाङबिच राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा नियमित सम्पर्क सम्बन्ध बढाउन सांस्कृतिक पुनः उत्थान सञ्जाल बनाई देशदेशबीच सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू गरिनेछ । त्यस्तै ल्होछारलाई तिथि मिति तय गर्ने र भाषालाई पुस्तान्तरणका लागि श्रव्य दृश्य बनाउने जस्ता कार्यहरू अघि सारेका छन् ।

यसै गरी ह्रुई तथा स्वाँगेभाई सम्बन्धी विस्तृत अध्ययन, छलफल तथा प्रचारप्रसार गरी निर्क्योलमा पुर्‍याउने लगायतका कार्य योजनामाथि छलफल र पूर्णता दिने भएका छन् ।

विज्ञ भेलाले सांस्कृतिक पुनः उत्थान समितिको संयोजकमा डा. सङ्ग्राम सिं लामा, सदस्य सचिवमा उजिरसिंह तामाङ (भारत), सदस्यहरू सजिना मोक्तान लामा (जापान), विशाल योन्जन (क्रोएसिया) र उत्तर दोङ (उत्तर अमेरिका) चुनिएका छन् ।

त्यस्तै तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समितिको संयोजक दिनेश लो तामाङ, सदस्य सचिव प्रदीप ब्लोन तामाङ (भारत), सदस्यहरू असिम तामाङ (माल्टा), एलबी तामाङ (जापान), महिला सदस्य पेमा पाख्रिन (इजरायल), राम तामाङ (अमेरिका), रोम ब्लेन्देन तामाङ (साउदी अरब) रहेका छन् ।

यसै गरी तामाङ मानवअधिकार प्रवर्द्धन समितिको संयोजकमा सोमबहादुर घले, सचिव कुमार मोक्तान, (जापान), सदस्यहरू कुलो मोक्तान तामाङ (भारत), सुकसागर तामाङ, कुमार योन्जन (पोर्चुगल), रविन गोले तामाङ (माल्टा) र महिला सदस्य फुलम योन्जन (क्यालिफोर्निया) रहेका छन् ।

यस्तै भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समितिको संयोजक अजितमान तामाङ, सचिव भीम तामाङ (सिक्किम भारत), सदस्यहरू प्रतीक ङेसुर, गिरीबहादुर घिसिङ (जापान) र महिला सदस्य सम्झना लामा (रोमानिया) रहेका छन् ।

भेलाले अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समितिको संयोजकमा सुदिपा लामा (भारत), सदस्य सचिव उषा वाइबा, सदस्यहरू रचना ब्लोन (डेनमार्क), प्रनिस तामाङ (अमेरिका), कुमारी तामाङ (इजरायल), सुरेश तामाङ (युएई) र रण तामाङ (दक्षिण कोरिया) चुनिएका छन् ।

यसै गरी अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समितिको संयोजकमा खेन्पो सोनाम ग्युर्मे तामाङ, सदस्यहरू आचार्य शेरप चुन्दी तामाङ (भारत), लोपेन दावा वाङ्दी तामाङ (भारत), दोर्जे लोपेन चन्द्रवीर तामाङ (भारत), खेन्पो मोहनकुमार तामाङ र तीर्थमान बल रहेका छन् ।

भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका थिए। त्यस्तै विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले विषयगत भेलामा अनलाइन (भर्चुअल) बाट सहभागिता भएका थिए ।

आइसिटीले आयोजना गरेको विषयगत विज्ञ भेलामा शनिवारबाट समूहगत छलफल सुरु भएको थियो।

विज्ञ भेलाको अध्यक्षता परिषदका महासचिव टासी लामाले गरेको थियो ।

भेलाको व्यवस्थापन नेपाल तामाङ घेदुङ सङ्घीय समितिले गरिएको थियो ।

यो पनि

तपाईको प्रतिक्रिया