खोजराज गोलेद्वारा लिखित ‘तोक्मा, भाषा र सङ्घर्षको कथा’ नामक पुस्तक लोकार्पण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
329 Shares
काठमाडौं

काठमाडौँ । ङिमादावा तामाङ पाख्रिनको जीवनी तोक्मा, भाषा र सङ्घर्षको कथा नामक पुस्तक लोकार्पण भएको छ ।

शनिवार काठमाण्डौंको सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेसको सभा हलमा लोकार्पण पुस्तक लेखक खोजराज गोलेद्वारा लेखिएको हो ।

यो पुस्तकको प्रकाशक बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्र र लेखन तथा प्रकाशन प्रायोजनको लागि खच्योइलिङ डुब्खङ कपनले गरेका छन् ।

पुस्तकको बारेमा ट्रेकिङ एजेन्सी नेपालका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले यो पुस्तक पढेपछि डिप्रेसन जस्ता रोगको सिकार भएका व्यक्तिलाई त्यसबाट बाहिर निस्किन प्रेरणा मिल्ने बताएका छन् ।

पुस्तक ४४१ पेजको रहेको छ । दश वटा परिच्छेदहरूमा पाख्रिनको बाल्यकालदेखि युवा काल हुँदै अहिले ६२ वर्षको उमेरसम्मका प्रसङ्गहरूलाई जोडिएको छ । मूल्य ७५० रुपैयाँ तोकिएको छ ।

आँसुको पोखरीबाट उठेर सफलताको हिमाल आरोहण गर्नुभएको ङिमादावाको जीवनसँगै पाख्रिन ह्रुइको उत्पत्तिसम्बन्धी थप कथन, सोलुखुम्बुको जनजीवन, तामाङ रिमठिम, जडीबुटी, अन्नबाली साथै युरोप तथा अमेरिकासम्मका यात्रा प्रसङ्गहरू समाविष्ट रहेको लेखक गोलेले जानकारी दिए । ट्रेकिङ तथा एक्पेडिसन विधाका प्रसङ्ग तथा त्यससम्बन्धी केही जानकारीहरू पनि रहेको लेखक गोलेले बताए।

केन्द्रका पूर्वाअध्यक्ष जेचुन सङ्गे खण्डो रिन्पोछेको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

पुस्तक विमोचन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी, राजनीतिक दलका नेता, साहित्यकार, कलाकार, समाजसेवी, धर्म गुरुहरूको सहभागिता रहेका थिए

केन्द्रका अध्यक्ष खेन्पो पाल्साङ नोर्वु भोम्जनले पुस्तक लेखनको क्रममा पाख्रिनको जीवनी सुन्दा आँसु थाम्न नसकिएको बताए । उनले भने,‘उनको जीवनीबाट सङ्घर्षलाई सजिलै स्विकारेर जीवन जिउने कला सिक्न सकिनेछ।’

तपाईको प्रतिक्रिया