हनी ट्र्याप र गलत प्रचार गरेको भन्दै पाँचपोखरी थाङपालका अध्यक्ष लामाद्वारा मुद्दा दर्ता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
133 Shares
सिन्धुपाल्चोक

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्क रहन र सावधानी अपनाउन आग्रह गरिएको छ ।

आफू हनि ट्र्यापमा परि ब्ल्याकमेलिङको सिकार हुन पुगेको भन्दै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको हो ।

उनले भने, ‘करिब ३ वर्ष अगाडि एक महिलाबाट आएको फेसबुक फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा सो महिलाले भिडियो कल गरेर अपशब्द कुरा गर्न थालेपछि आफू टाढा हुन खोज्दा आफ्नो टाउको अन्य व्यक्तिको नाङ्गो शरीरमा जोडेर आफूलाई ब्ल्याक मेलिङ गर्न थालेको छ ।’

उनले अन्य व्यक्तिसँग आफ्नो टाउको जोडिएर बाहिर आएको भिडियोलाई लिएर अहिले केही समूहले आफ्नो पारिवारिक, सामाजिक र राजनैतिक खण्डित गर्ने, प्रभाव पार्ने कुन्सित मनसायले मिडियाको समेत प्रयोग गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष लामाले भने, ‘उक्त विषय साइबर क्राइम भएको र आफूलाई हनि ट्र्यापमा पार्न खोजेको आवास भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ र साइबर ब्युरोमा निवेदन दर्ता गरी अनुसन्धान गर्दा ती महिला विदेशमा बसेर त्यस्तो कार्य गरेको भन्ने खुलेको लामाले उल्लेख गरिएको छ ।’

३ वर्ष अगाडिको कसैले पैसाको मोलमोलाइ गर्न आफूलाई ट्र्यापमा पारेको विषयलाई लिएर आफ्नो विरुद्धमा गलत प्रचार गरिएको भन्दै लामाले आपत्ति समेत जनाएको छ ।

त्यस्ता भ्रामक र कपोकल्पित तथ्यहीन विषयलाई समाचार बनाएर गैर व्यावसायिक पत्रकारिता गर्ने मिडिया विरुद्ध प्रेस काउन्सिलमा मुद्दा दर्ता गराएको समेत लामाले बताए ।

यसैबिच अध्यक्ष लामाको विरुद्ध समाचार लेख्ने दियो पोस्ट अनलाइनलाई प्रेस काउन्सिल नेपालले विशेष अनुगमन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया