रसुवाको कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवेमा रहेको नीलकण्ठ नमुना माध्यमिक विद्यालय अब नयाँ स्वरूपमा बन्ने भएको छ ।
पुरानो भवन भूकम्पले जीर्ण रहेको र जेनतेन जस्ताको टहरोमा पढाइ भइरहेको अवस्थामा ९ वर्षपछि चिन सरकारले बनाउने भएको छ। ७ रोपनी जग्गामा ६० कोठाको ८८ करोड रुपैयाँ टेन्डर आव्हान गरी निर्माण सुरु भएको छ।
आर्थिक वर्ष २०८१/८२ का सम्झौता अनुसार विद्यालयको शिलान्यास २०८१ कार्तिक २६ गते प्रतिनिधि सभा सदस्य एव इन्जिनियर मोहन आचार्यले गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कालिका गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्दीप पौडेलका अनुसार हाल ४ सय ६० जना विद्यार्थीहरूले पठनपाठन गरिरहेका छन् ।
विद्यालय भवन बनाउन नीलकण्ठ नमुना माध्यमिक विद्यालय भवन परियोजना अन्तरगत रहेको छ । विद्यालयका लागि निःशुल्क जग्गादान गर्ने जितबहादुर तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउन स्थानीय पन्चे बाजा,भजन छत्रे नाचले स्वागत गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रभात लामा, प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक केशव भट्टराई, जिल्लामा क्रियाशील राजनीति दलका प्रमुख तथा प्रतिनिधि, संविधानसभा सभा सदस्यद्वय जनार्दन ढकाल, प्रेम तामाङ, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, कालिका गाउँपालिका प्रमुख हरिकृष्ण देवकोटा, नौकुण्ड गापाका प्रमुख नुर्पुसाङवो घले, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, विद्यालयका प्रधानाध्यापक नारायण देवकोटा लगायत सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थित रहेको थियो ।