गायिका इन्दिरा गोले बचाउ अभियान सुरु, सबैलाई सहयोगको अपिल

सैलुङअनलाइन
सैलुङअनलाइन
294 Shares

क्यान्सरजस्तो प्राणघातक रोगबाट ग्रसित गायिका इन्दिरा गोले तामाङलाई बचाउन अभियान सुरु गरेको छ ।

गोलेलाई बचाउन नेपाल तामाङ कलाकार सङ्घ, म्हेन्दोलाफोले फाउन्डेसन र तामाङ डाजाङले संयुक्त रूपमा ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ सुरु गरेको हो ।

नेपालको साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान दिइएकी गोले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित छिन् । आफ्नो आर्थिक स्रोतले भ्याएसम्म उपचार गराउँदै आएकी गोलेको उपचारमा अब ठुलो रकम लाग्ने जनाउँदै देश, विदेशमा रहेका नेपालीहरूमा सहयोगको अपिल गरेको हो ।

बिरामी गोले कलाकार सङ्घको उपाध्यक्ष र फाउन्डेसनका सदस्य हुन् ।

विगत २ वर्षदेखि गोले क्यान्सरजस्तो गम्भीर रोगसँग लडिरहेका छन् । उनी हाल हरिसिद्धि, ललितपुरस्थित नेपाल क्यान्सर सेन्टरमा उपचाररत छन् ।

संस्थाले हामी सबैलाई यस अभियानमा सहभागी हुन र गोलेको उपचारमा सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।

संस्थाले लेखिएको छ, ‘तपाईँको सानो वा ठुलो कुनै पनि सहयोगले उहाँको स्वास्थ्य लाभको यात्रामा ठुलो परिवर्तन ल्याउन सक्छ। आउनुहोस्, उहाँको साङ्गीतिक योगदानलाई सम्मान गर्दै यस कठिन समयमा उहाँको साथमा रहौँ।’

२०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँदै आएकी गोलेले हजारौँ गीत गाइसकेकी छन् । उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको वासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेला, लगायत गीतहरू सदाबहार चर्चित छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् ।

सहयोगको लागि सम्पर्क र खाता नम्बर यसरी राखिएको छ ।

Bank: Global IME Bank, Tripureshwor
A/C Name : Yog Bahadur Tamang / S
jan Kumar Moktan
Account No : 03407010438452

थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्:

संयोजक
योगेश लामा – ९८४९०६२०५३
सदस्यहरू
बैरेगी मोक्तान – ९८६५०९१२१९
सुनिल लामा – ९८४१९२६२७०
फुलकुमार बम्जन – ९८४१३१०७३३

तपाईको प्रतिक्रिया