रसुवामा तीन छुट्टाछुट्टै तालिम प्रदान

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
287 Shares
रसुवा

रसुवामा युएसएआइडी (USAID) जल–जङ्गलको आर्थिक सहयोग र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) को आयोजनामा जीविकोपार्जनलाई सहज बनाउन तीन वटा तालिम आयोजना गरिएको छ ।

गोसाईंकुण्ड र नौकुण्डका १८ जना होमस्टे सञ्चालकलाई सदरमुकाम धुन्चेमा कार्तिक २५ देखि २७ गतेसम्म तालिम दिइएको हो ।

यसै गरी पर्यटन प्रवर्द्धनका लागि हस्तकला तथा उपहार सामग्रीहरूको समेत दिइएको छ । यो तालिम कार्तिक २६ देखि मङ्सिर १ गतेसम्म सञ्चालन भइरहेको छ ।

मौरी पालन तालिम नौकुण्ड, कालिका र गोसाईंकुण्ड का १८ जना कृषकहरूलाई तालिम दिइएको ल्याकोसका अध्यक्ष सन्तोष घलेले जानकारी दिए ।

दुई वटा तालिमको समापन बागमती प्रदेश सांसद प्रभात तामाङले गरिएको थियो ।

कार्यक्रम युएसएआइडी जल जङ्गलले संरक्षणका साथै जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले आयोजना गरिएकोमा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले धन्यवाद दिएका छन् ।

कार्यक्रमलाई बागमती प्रदेश सांसद तामाङले सम्बोधन गर्दै नागरिकहरू आफै सक्षम भए र सीप र ज्ञान भए जसरी नि बाँच्न सकिने बताए ।

जैविक विविधतासंगै जीविकोपार्जनलाई थप सीप आर्जनले सहजता ल्याउनेमा विश्वस्त रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्याम कुमार शाहले बताए ।

तपाईको प्रतिक्रिया