नवौँ संस्करणको मिस तामाङ पोखरा-२०२५ को आवेदन खुलेको छ ।
बैदाम तामाङ सेवा समाजद्वारा आयोजना गरिएको मिस तामाङ पोखरा–२०८१ ल्होसारको आसपासलाई मध्यनजर गरी आयोजना गरिएको बताइएको छ ।
अनलाइनमार्फत फारम दर्ता गर्न सकिन्छ । आवेदन दिने अन्तिम मिति मङ्सिर २० गतेसम्म तोकिएको आयोजक संस्थाले जनाएको छ ।
१२ औँ संस्करण ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरालाई यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिए ।
अध्यक्ष ज्याक तामाङका अनुसार यो विशुद्ध सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो, अन्यभन्दा भिन्न रहेको बताए । उनले विशेष गरी भाषा, संस्कृति र संस्कारलाई युवा पुस्ता माझ परिचय गराउन कै लागि कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
म्युजिकल फेस्टिभलमा गायक विशाल काल्तान लगायत विभिन्न कलाकारहरूको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।
अघिल्लो वर्षको मिस तामाङको ताज रोसिला तामाङले जितेकी थिइन् ।
मिस तामाङको ग्राण्ड फिनाले माघ १२ गते पोखरा सिटी हल, सभागृह चोकमा हुने आयोजकले बताइएको छ ।
मिस तामाङ २०८१ का विजेताले नगद १ लाख रुपैयाँ, फस्ट रनर अफले ५० हजार रुपैयाँ, सेकेन्ड रनर अफले ३० हजार रुपैयाँ, भ्युवर च्वाइसले २० हजार रुपैयाँसहित ताज, ट्रफी पाउनेछ ।