गायक एवं सञ्चारकर्मी प्रितमकुमार तामाङको स्वर र अभिनीत खान्दोके सेलो ‘बैलासी थेबा–२’ सार्वजनिक भएको छ ।
शुक्रवार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सो गीतको भिडियो सार्वजनिक गरिएका हुन् । गीतमा गायिका सुमिना लो स्वर पनि रहेको छ ।
लालजीत तामाङ र सानुकान्छी तामाङको शब्द रहेको गीतमा प्रितमको सङ्गीत रहेको छ । सङ्गीत संयोजन आगा लामाले गरेका हुन् ।
प्रितम कथा र निर्देशन सम्पादनमा तयार पारिएको भिडियोमा प्रितम गोले तामाङ‚ अस्मिता तामाङ, ईश्वर तामाङ, दीपेन्द्र गोले, आकाश गोले, दीपक लामा, सागर तामाङ, सपना तामाङ, सलीना तामाङ, देवी तामाङ र जेनिशा थापाले अभिनय गरेका छन् ।
कृष्ण ब्लोनले छायाङ्कन गरिएको खान्दोके भाका प्राय मेलापातमा सुन्न सकिन्छ ।
गायक तामाङले यसलाई संरक्षण संवर्द्धन गर्नाको लागि भिडियोमार्फत कमर्सियल बनाएको बताए ।
त्रिलोक लामाद्वारा सम्पादन गरिएको भिडियोको गीतमा उहिलेका बुढापाकाहरूका कथन सङ्कलित मायाका भावहरू उठान गरिएको छ ।
यसअघि बैलासी थेबाले चर्चा पाइसकेको छन् ।