बागमतीका मुख्यमन्त्रीको कार्यालयले नयाँ पत्रिकाले छापिएको समाचारप्रति ध्यानाकर्षण गराएको छ ।
नयाँपत्रिकाले शुक्रबार छापिएको पृष्ठ नं. ४ मा प्रकाशित ‘ठेकेदार ऊर्जा राज्यमन्त्रीले अलपत्र पारे सुर्खेतका १४ सडक’ शीर्षकको समाचारमा मुख्यमन्त्री बहादुरसिंह लामाको तस्बिर राखेर समाचार सम्प्रेषण गरिएको थियो ।
सोही विषयलाई लिएर मुख्यमन्त्रीको कार्यालयले सो समाचारमा कुनै विषय र प्रसङ्ग विना नै बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री बहादुरसिहं लामा तामाङको तस्बिर प्रयोग भएकोमा गम्भीर आपत्ति रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
‘सञ्चारमाध्यम आम जनतालाई सत्य तथ्यमा आधारित सूचना प्रकाशित गरी सुसूचित गराउनुपर्नेमा यसरी बिना प्रसङ्ग माननीय मुख्यमन्त्रीज्यूको व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी त्रुटिपूर्ण रूपले समाचारमा तस्बिर प्रकाशन हुनु खेदपूर्ण छ,’ कार्यालयले भनिएको छ ।
समाचारमा भएको त्रुटिका सम्बन्धमा आत्मालोचना सहित कमी कमजोरी महसुस गरी खण्डन प्रकाशन गर्नुहुन अनुरोध गरेका छन् । साथै समयमा नै यस किसिमको त्रुटि नसच्याइएमा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कानुनी प्रक्रिया अवलम्बन गर्न बाध्य हुने बताइएको छ ।