लाङटाङ र गोसाईंकुण्डमा बढे पर्यटक

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

हिमाली पदयात्रा अन्तरगत लाङटाङ र गोसाईंकुण्डमा साउनदेखि कार्तिक मसान्तसम्म २२ हजार २ सय १८ जना आन्तरिक एवम् बाह्य पर्यटकहरू ले भ्रमण गरेका छन् ।

निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउनदेखि कार्तिक मसान्तसम्म २२ हजार भन्दा बढीले भ्रमण गरेको जानकारी दिए । उनका अनुसार भ्रमणबाट करोड १५ लाख ६० हजार ९ सय ७५ रूपैयाँ राजश्व सङ्कलन गरेको बताए ।

भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जथाभाबी वनस्पति नकाट्न, फोहर तोकिएको स्थानमा मात्रै फाल्न, पैदल मार्गमा भेटिने वन्यजन्तुलाई नलखेट्ने नजिस्काउन पर्यटकहरूलाई आग्रह गर्दै ठाउँमा होडिङ बोर्ड समेत राखिएको उनले बताए ।

यस निकुञ्ज भ्रमणमा आउने नेपालीलाई १ सय रुपैयाँ, सार्क मुलुक का पर्यटकलाई १ हजार ५ सय रुपैयाँ, अन्य देशका पर्यटकलाई ३ हजार रहेको छ भने हेलिकप्टर प्रत्येक पटकको ३ हजार रुपैयाँ रहेको छ। गोसाईंकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्ग हेर्न र घुम्न आउँदा गाइड लिएर जान आग्रह गर्दै होटेल तथा लजहरू समेत राम्रो पाइने पर्यटन तथा होटेल व्यवसायी सङ्घ रसुवा का अध्यक्ष रामशरण गजुरेल (निसान)ले बताए ।

संघीय राजधानी काठमाडौबाट नजिकैको निकुञ्ज रहेको लाङटाङ छोटो दुरीको मार्ग भएका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि पहिलो रोजाइमा पर्दछ । यसैले त यहाँको स्थानीय अर्ग्यानिक खानेकुरा तामाङ संस्कृतिको नाचगान, हिमाल, पहाड लोपोन्मुख जीवजन्तु चराचुरुङ्गीहरूले झनै मन्त्रमुग्ध बनाउनाले पनि पर्यटकको खचाखच हुने गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका