रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा युएसआइडी (USID) जल जङ्गलको आर्थिक सहयोग र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज ल्याकोसको आयोजनामा हस्तकला सामाग्री तालिम सम्पन्न भएको छ ।
ल्याकोस संस्थाले धुन्चे, स्याफ्रु, बृद्विम, नौकुण्डका ३० जना स्थानीय आमाहरूलाई मङ्सिर २६ गते देखि मङ्सिर १ गते सम्म पर्यटन प्रर्वद्वनका लागि दुर्लभ रहेको रेडपाण्डा को संरक्षण गरी जैविक विविधता को संरक्षण होस र जिविकोपार्जनमा सहज होस भन्ने हेतुले तालिम प्रदान गरिएको थियो ।
तालिममा सहभागी नौकुण्ड ६ पारच्याङको मेन्दो तामाङ उमेरले ६० वर्ष पुगिसकी छन् । उनले सीप सिक्न उमेरले छेक्न सक्दैन भन्ने भनाइलाई सार्थकता दिएकी छन् । त्यसैले त मनैदेखि केही गर्छु भन्ने जाँगरले सीप सिक्न आएको उनी बताउँछन् ।
तालिममा सहभागीमध्येकै सबैभन्दा जेठो महिला जो उमेरले करिब ६० वर्ष टेकेका मेन्दोलाई तालिममा सहभागी हुन औधी इच्छा जाग्यो र सिकिन् ।
अर्का तालिममा सहभागी धुन्चेकी प्रतिमा घलेले तालिमले कुरूस चलाउन पनि आउँदैन थियो । तालिम लिएपछि धेरै कुरा सिकेको बताइन् । अबका दिनमा पनि यो भन्दा राम्रो तालिमहरू आए राम्रो हुनेमा उनी विश्वास गर्छिन् ।
यस्तै धुन्चेकै रिता तामाङले हामीले परम्परागत रूपको बुनाई त गरिरहेका थियौँ । यो तालिम चाहिँ फरक लाग्यो र यस्तै तालिम आगामी दिनहरूमा समेत आउँछ भन्ने विश्वास लिएको उनी बताउँछिन् । उनी थप्छिन्, ‘सीप सिक्न आफूमा लगन, मेहेनत हुन जरुरी छ । ’
उमेरको ६ दशकमा पनि सक्रियताका साथ तालिममा सहभागी मेन्दो तामाङलाई देखेर आफूमा थप हौसला मिलेको सहभागी सीता तामाङले बताइन् ।
तालिमका प्रशिक्षक ऋचा पालिखेले पढाइ मात्रै ठुलो हैन । सीप सिक्नु र सीपयुक्त हुन जरुरी रहेको बताए ।
मानिसलाई जीवनको कुनै पनि चरणमा सीप सिक्नको लागि एक सरल, सुलभ, र प्रेरणादायक वातावरण प्रदान गर्न सक्छ। यसले मात्र शैक्षिक लक्ष्य पुरा गर्ने छैन, मानिसको आत्मविश्वास र व्यक्तित्वको विकासमा पनि योगदान पुर्याउँछ।
‘सीप सिक्न उमेरले छेक्दैन रहेछ’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्न हस्ताकला तालिमले दिइएको छ । हरेकलाई सिक्नको अवसर दिएको छ । जसले जीवनलाई नयाँ दिशातिर बढ्न अवसर पनि प्रदान गरिएको छ ।