बागमती अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आश्राङ शसकक्तिकरण युवा क्लबले जितेको छ ।
असोज २९ देखि सुरु भएको प्रतियोगिताको सोमबार भएको फाइनलमा एकता बेण्ड क्लब च्याउच्याउलाई हराउँदै बिजयी हासिल गरेको हो । बेण्ड क्लब च्याउच्याउले दोस्रोमा चित्त बुझाउन परेको छ ।
यसैगरी बकैया वडा नं १० बकैया ठाकुर स्पोष्ट क्लब र वडा नं ७ बसन्त युवा क्लब तेस्रो र चौथो भएको छन् ।
प्युटारको खयरघारी खेल मैदानमा सम्पन्न प्रतियोगिताका प्रथम विजेताले १ लाख, दोस्रोले ५० हजार र सन्त्वाना दुई टिमलाई २०÷२० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै प्रतियोगितामा बेस्ट किपर शसकक्तिकरणकै बिबेक देशार, डिफेन्स अनिल देशार, बेस्ट फरवार्ड आकाश मगर, बेष्ट हाईस्कोर राजन सयाङतन, बेष्ट प्यलेर मिलन रुम्बा, र बेष्ट कोच नारायणबहादुर भोम्जन भएका छन् ।
ललितपुर बागमती गाउँपालिकाका आर्थिक सहयोग र बागमती खेलकुद समितिको आयोजनामा भएको हो ।