मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले आउँदो आर्थिक वर्षदेखि सबै वडाहरूले आफ्नै भवनबाट सेवा दिने बताएका छन् ।
बिहीबार मेलम्ची नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन उद्घाटन हस्तान्तरण गर्दै मेयर तामाङले सो कुरा बताएका हुन् ।
यो वर्ष बाट सबै वडाको प्रशासनिक भवन निर्माण सम्पन्न तामाङले जानकारी दिए ।
उनले भने, ‘भवन निर्माण गर्ने संस्थालाई धन्यवाद दिँदै भवनको रेखदेख र मर्मत गर्ने जिम्मा नगरपालिकाको काँधमा आएको छ।’
‘पशुपन्छी सेवाको लागि यो भवन अति नै महत्त्वपूर्ण रहेको छ’, मेयर तामाङले भने, ‘भवन नीतिगत रूपमा नै नगरपालिकालाई प्राप्त भएको छ ।’
चरणमा रहेको प्रमुख सडक कालोपत्रे गर्ने, सिँचाइको कुलोहरू बनाउने, पर्यटन प्रवर्द्धन गर्नेमा जोड दिएर काम गरिरहेको मेयर तामाङले बताए ।
अधिकांश क्षेत्रको गुरु योजना बनिसकेकोले यो कार्यकालमा समृद्ध नगरपालिका बनाउन हरदम लागिरहने उनको भनाइ थियो ।