काठमाडौँ नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ६० रुपैयाँमा निर्धारण भएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1