नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवादाता
14 Shares
काठमाडाै

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरो पीडित परिवारलाई राहत विरतण गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) द्वारा प्राप्त रकमबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको नगर कार्यालयले जनाएको छ ।

युनिसेफले नगरलाई एकमुष्ठ उपलब्ध गराएको एक करोड ५० लाख ४० हजार पाँच सय रुपैयाँ बाट नगरले वडागत रूपमा पीडित परिवारलाई राहत रकम प्रदान गरिएको प्रदान गरिएको नगरप्रमुख कुन्साङ लामाले बताए । उनले भने, “मङ्गलबारदेखि ६ नं वडाबाट राहत प्रादन गर्न सुरु गरेका थियौँ, बुधबारदेखि सबै वडामा क्रमशः वितरण गरिरहेका हौँ ।”

नगरप्रमुख लामाका अनुसार नगरभित्रका पीडित प्रतिपरिवारले रु १५ हजार तथा तीन सय ९२ परिवारले २० हजार रुपैयाँका दरले राहत पाउने छन् । युनिसेफबाट उपलब्ध गराइएको रकम पाएका परिवारले सङ्घीय सरकारबाट घोषित अल्पकालीन राहत (पाँच जनासम्मको परिवारलाई १५ हजार रुपैयाँ र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई २० हजाररुपैया) भने तत्काल उपलब्ध नगराइने नगरप्रमुख लामाले उल्लेख गरे । सरकारको नीति अनुसार पीडितलाई राहत प्रदान गरिएको उनले बताए ।

युनिसेफको नेपालका प्रमुख एलिस अकुङ्ले मङ्गलबार वडा नं ६ का पीडितलाई राहत प्रदान गरी कार्यक्रमको सुरुआत गरेको थियो । बाढीपहिरोले नगरका पाँच सय ३० घर पूर्ण र तीन सय १५ घर आंशिक रूपमा क्षति भएका जनाइएको छ ।

नगर कार्यालयका अनुसार बाढीपहिरोबाट तीन हजार तीन सय ८५ जना प्रभावित भएका छन् । नगरको एक विद्यालय पूर्ण र ४७ विद्यालयमा आंशिक क्षति पुगेको छभने एक सय १९ खानेपानी आयोजनामा क्षति पुगेको नगरप्रमुख लामाले जानकारी दिए ।

युनिसेफले यसअघि जिल्लाको बेथानचोक गाउँपालिकाको दुई वडाका दुई सय ६९ र मण्डनदेउपुर नगरपालिकाका करिब नौ सय परिवारलाई राहत रकम उपलब्ध गराइसकेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका