नुवाकोट ककनी गाउँपालिका वडा नं. ६ घर भएका ३७ वर्षीय कृष्णप्रसाद पाठक एक हप्तादेखि बेपत्ता भएका छन् ।
काठमाडौँ महानगर वडा नं. १० लोकतान्त्रिक चोकमा डेरा गरी बस्दै आएका पाठक गत मङ्सिर ४ गतेदेखि बेपत्ता भएका हुन् ।
पाठक पेट सम्बन्धी बिरामी र हाल राम्रोसँग हिँडडुल गर्न समेत नसक्ने भएको अवस्थामा बेपत्ता भएको परिवारका भाइ हरिशरण पाठकले जानकारी दिए ।
मङ्सिर ४ गते करिब २ बजेतिर घरबाट निस्किएको र आसपासमा रहेका आफन्तहरूसँग जानकारी लिँदा कहीँ कतै फेला नपरेको भाइ पाठकले बताए ।
भाइ पाठकका अनुसार हराएका दाजुले प्रयोग गर्ने गरेको फोनको कल डिटियल्स् निकाली अनुसन्धान गर्न प्रहरी वृत्त बालाजुमा निवेदन दिएको बताए ।
बिरामी पाठक श्रीमती र दुई छोराछोरीको साथमा बस्दै आइरहेको छ । उनले कोठामै औँठी, सिक्री र मोबाइल छाडेर बेपत्ता भएको श्रीमती भवानी पाठकले बताइन् ।
कोही कसैले देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा यस फोन नम्बर ९८४९०६३९३४ मा खबर गरेर सहयोग गरिदिनु हुनसमेत अनुरोध गरेका छन् ।