विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
गोरखा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपर रहेका विभिन्न उन्नाइस स्थानमा पहिराको नक्शाङ्कन गरिएको छ । पहिराले मानवबस्ती, समुदाय, खेतीयोग्य जमिन तथा भौगोलिक रूपमा पुर्‍याउनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि नक्शाङ्कन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

गाउँपालिकाको पहलमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०मार्फत पहिराले बढी क्षति पुर्‍याउनसक्ने स्थानको नक्शाङ्कन गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले १९ स्थानका पहिराको नक्साङ्कनका लागि प्राथामिकीकरण गरेको थियो ।

पहिरोको नक्शाङ्कनले पहिरोबाट हुनसक्ने जोखिमको अनुमान गर्न सकिने भएकाले जोखिम न्यूनीकरण र रोकथामका लागि सजिलो हुने एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङग गुरुङले जानकारी दिए । ‘‘पहिरो नियन्त्रणको काम गर्नुअघि अवस्था पत्ता लगाउन सम्पूर्ण अध्ययन गरी नक्शाङ्कन गर्नुपर्छ, त्यसपछि मात्र पहिरोको सम्भावित जोखिम थाहा हुन्छ र जोखिम न्यूनीकरण गर्न सजिलो हुन्छ”, उनले भने ।

नक्शाङ्कन गर्दा पहिरोको भौगोलिक, भौर्गभिक अवस्था, पहिरो रहेको स्थानको माटो, ढुङ्गा र चट्टानको अवस्थाबारे अध्ययन गरिन्छ । नक्शाङ्कन गरिएका पहिरोग्रस्त क्षेत्रलाई जोखिमका आधारमा तीन भागमा विभाजन गरी नियन्त्रणका लागि योजना बनाउन सुझाव दिइएको गुरुङले बताए ।

गाउँपालिकाका वडा नं १, ३, ४, ५, ६ र ८ का बस्ती नजिक रहेको पहिरोको नक्शाङ्कन गरिएको हो । “नक्शाङ्कनबाट धेरै उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमका आधारमा छुट्याइएको छ”, उनले भने, “एघार स्थानका पहिरो थोरै बजेटमा पनि नियन्त्रण गर्न सकिने अवस्था छ ।”

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका