शैलुङ कपको सेमिफाइनल : आयोजकसँगै फेदाली र शैलुङ भिड्ने 

अफ्रिकी खेलाडी म्यान अफ द म्याच घोषित

सैलुङअनलाइन संवाददाता
7 Shares
शैलुङ, दोलखा

दोलखा शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा जारी प्रथम शैलुङ कप-२०७६ खुल्ला प्रतियोगिताको सोमबार क्वाटरफाइनलका चार खेलहरु सम्पन्न भएको छ ।

शैलुङ कपको आज भएको पहिलो क्वाटरफाइनल खेलमा सुनौलो चण्डी डाँडा भुसाफेदा र नव शैलुङ लालीगुराँस समाजले १-१ गोल बराबरी खेल थिए । बराबरी पश्चात् पेनाल्टी सुटआउटबाट नव शैलुङ लालीगुराँस समाज (ए) सेमिफाइन प्रवेश गरेको छ ।

खेलको म्यान अफ द म्याच भएका नव शैलुङका गोलकिपर सिताराम शाहलाई शैलुङ-३, का वडा सदस्य दिलबहादुर श्रेष्ठले ट्रफी हस्तान्तरण गरेका थिए ।

त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा स्टार शैलुङ क्लबले काटाकुटी युथ क्लबलाई २ का बिरुद्ध ५ गोल गर्दै जित निकालेका थिए । उक्त खेलमा म्यान अफ द म्याच भएका स्टार शैलुङका खेलाडी दिबश बोहरालाई मिस दोलखा सपना चौलागाईंले ट्रफी हस्तान्तरण गरेकी थिइन् ।

तेस्रो क्वाटरफाइनल खेलमा अफ्रिकी खेलाडी लिएर उत्रिएका फेदाली युवा क्लबले खडादेवी सेवा समाजलाई ० का विरुद्ध २ गोलले पछि पार्दै जित हात पारेका थिए । खेलको म्यान अफ द म्याच भएका फेदालीका अफ्रिकी खेलाडी रोमियोलाई मागादेउराली उद्योग वाणिाज्य सङ्घका अध्यक्ष कमल श्रेष्ठले ट्रफी हस्तान्तरण गरेका थिए ।

क्वाटरफाइनलको अन्तिम खेल नव शैलुङ लालीगुराँस (बी)ले शैलुङ स्पोर्ट्स क्लब रामेछापलाई सुम्पेको थियो । खेलमा नव शैलुङको ०  र शैलुङ स्पोर्ट्सको २ गोल भएको थियो ।

शैलुङ कपको मङ्गलबार हुने सेमिफाइनल खेलहरुमा आयोजक समेत रहेका नव शैलुङ समाज (ए) सँग फेदाली युवा क्लब र आयोजक स्टार शैलुङ क्लबसँग शैलुङ स्पोर्ट्स क्लब रामेछाप भिड्नेछन्  ।

प्रतियोगिता शैलुङ गाउँपालिकको साझेदारीमा स्टार शैलुङ क्लब, नव शैलुङ लालीगुराँस समाज र खडा देवी समाजले संयुक्त रूपमा आयोजना गरेको हो ।

प्रथम शैलुङ कपका बिजेताले १ लाख १ सय ११ रुपैयाँ नगद, शिल्ड, मेडल प्रमाणपत्र, उपविजेताले ५० हजार ५५ रुपैयाँ नगद, मेडल प्रमाणपत्र र प्रतियोगिताको सेमिफाइनल पुग्ने टीमलाई नगद २० हजार ११ रुपैयाँका दरले प्राप्त गर्नेछन् ।

सम्बन्धि समाचार

शैलुङ कपको नकाउट चरण सकियो, सोमबारबाट
शैलुङ कप अपडेट:आयोजक बीसँगै शैलुङ स्पोर्ट्स क्वाटरफाइनलमा
प्रथम शैलुङ कप उद्घाटन, आयोजक ए क्वाटरफाइनलमा
प्रथम शैलुङ कप शुक्रबार उद्घाटन हुने, फेदाली र काटाकुटी क्वाटरफाइनलमा

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया