नेपाल शव पठाउन एनआरएन क्रोएसियाद्वारा आर्थिक सहयोगको अपिल

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
980 Shares
क्रोएसिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाले नेपाल शव पठाउन आर्थिक सहयोगको अपिल गरेको छ । आइतबार एनआरएनले शोक वक्तव्य निकाल्दै शवलाई नेपाल पठाउन आर्थिक सहयोगको अपिल गरेको हो ।

काभ्रे, महाभारत-१, का वर्ष ३२ का पदमबहादुर तामाङ (गोले)को शव पठाउन झन्डै १० हजार युरोभन्दा धेरै लाग्ने भएपछि आर्थिक सहयोगको अपिल गरेको एनआरएन क्रोएसियाका अध्यक्ष साइमान लामाले बताए । उनका अनुसार कम्पनीले शव पठाउन चासो नदेखाएकाले आर्थिक सहयोगको अपिल गरेका हुन् । अध्यक्ष लामाद्वारा जारी शोक वक्तव्यमा कसरी निधन भएको भन्ने बारे उल्लेख गरेको छैन ।

शोक वक्तव्यमा लेखिएको छ,` १० हजारभन्दा माथी खर्च लाग्ने भएको हुँदा हामी यस दुःखद घडीमा आर्थिक सहयोग जुटाइ मृतकको शब नेपाल पठाउन स्थानिय ब्याबसायीहरु, सामाजिक संघ-सस्थाहरु लगायत् क्रोएसियामा कर्मथलो बनाई बिभिन्न क्षेत्रमा बसोबास् गर्नु हुने सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुले स्वइच्छाले मानवीय धर्म सम्झी यही आउदो ७ डिसेम्बर २०२४ सम्ममा तल दिईएको हाम्रो सस्थाको खाता मार्फत् जम्मा गरिदिनु हुन हामी हार्दिक अपिल गर्दछौ ।´

एनआरएन क्रोएसियाका अध्यक्ष लामाका आर्थिक सहयोगका लागि एनआरएनको खातामा पठाउन सकिन्छ । शोक वक्तव्यका अनुसार (Name: NRN,
IBA: HR4924840081135338683
Raiffeisen Bank ) मा जम्मा गर्नु सकिनेछ ।

शोक वक्तव्यमा ` नेपालस्थित् काभ्रेपलान्चोक जिल्ला, महाभारत गाउँपालिका वडा १ घर भई बिगत ३ बर्षदेखी क्रोएसियाको ह्वार भन्ने टापुको दालमातिनो नामक कम्पनीमा कन्स्ट्रक्सन हेल्परमा कार्यरत् बर्ष ३२ को पदम बहादुर गोलेको यहि गत १९ नोभेम्बर २०२४, मंगलबारका दिन असामायिक निधन भएको हुँदा हाम्रो एन आर एन ए, क्रोएसिया परिवार निज मृतकको आत्माको चीर शान्तिको कामना एवं हार्दिक श्रदान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस् भनी ईश्वरसँग प्रार्थना गर्दछौ ´ उल्लेख गरिएको छ ।

शोक वक्तव्यमा उल्लेख गरे अनुसार हाल मृतकको शबलाई पोस्टमार्टम तथा अन्य कानुनी प्रकृयाको लागि ह्वारमा नै राखिएको छ ।

थप यो पनि

दूतावास नभए कन्सुलेट ल्याउछौँ : एनआरएन क्रोएसियाका अध्यक्ष लामा

 

 

तपाईको प्रतिक्रिया