अष्टीयाको भियनामा रहेको नेपाली दूतावासले राहदानीको लागि नयाँ आवेदन दिने तथा बायोमेट्रीक लिने कार्य अर्को सूचना प्रकाशित नभएसम्म बन्द गरेको छ । भियना दूतावासले मंसिर १० गते एक सूचना जारी गरेर नयाँ आवेदन तथा बायोमेट्रीक नलिने भएको हो ।
दूतावासद्वारा सूचनामा ` राहदानी सेवा अवरुद्ध भएको सम्बन्धमा समयदेखि विद्धुतीय राहदानी प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरू अवरूद्ध हुन गएको विदितै छ । नेपाली राजूतावास, भियनामा पनि राहदानीको लागि नयाँ आवेदन दिने तथा बायोमेट्रक लिने कार्य अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यसबाट पर्न गएको असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ ।´ उल्लेख गरिएको छ ।
`हाल देखिएको समस्या समाधान हुनासाथ सेवा सुचारु हुने भएकाले राजदूतावासबाट प्रकाशित हुने सूचनाका आधारमा मात्र नेपाली राजदूतावास, भियना आउनुहुन अनुरोध गरिन्छ । राहदानी वाहेकका अन्य कन्सुलर सेवाहरू यथावत रूपमा सन्चालनमा रहेको व्यहोरा अनुरोध छ । ´ दूतावासको सूचनामा लेखिएको छ ।
विद्युतीय राहदानीको वेबसाइटमा भाइरस छिरेपछि नेपालमा समेत सबै सेवाहरु ठप्प गरेका थिए । हाल नेपालमा सेवा सुचारु भएपनि प्रवासमा भने दूतावासहरुले सूचना जारी गरेपछि मात्र नयाँ आवेदन लिने र बायोमेट्रीक गर्न जानकारी गराएको छ ।