आगलागीबाट २७ लाखको क्षति

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
35 Shares
रसुवा

रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ ग्राङमा मङ्सिर १३ गते बिहान करिब ९ बजेको समयमा करेन्ट सर्ट भई आगलागी हुँदा ३ वटा घर पुरै नष्ट भएको छ । आगलागीबाट करिब २७ लाख बराबरको सामान जलेको हो ।

इलाका प्रहरी कार्यालय कालिकास्थानको इन्चार्ज पान्नालाल यादवको अनुसार ग्राङका स्थानीय छेवाङ लामाको नाति पासाङ मेन्दो तामाङ,डेमा नुर्पु तामाङ,छिरिङ पेम्वा तामाङ को घर पुरै जलेर नष्ट भएको हो । छिरिङ पेम्वाको अन्दाजी १२ लाख,डेमा नुर्पुको १० लाख,छेवाङ लामाको नाति पासाङ मेन्दोको ५ लाख बराबरको धनमाल नष्ट भएको जानकारी दिए

घरमा बिहान खाना खाएर काम मा निस्किन लाग्दा अचानक करेन्ट सर्ट भएर आगो लाग्न सुरु थियो । के गर्ने नगर्ने अन्योल भयो र हारगुहार गरेर गाउँलेहरू मिलेर आगो निभाउन तिर लागे, उनले भने, सेना प्रहरी सशस्त्र प्रहरीलाई समेत खबर गरेपछि उहाँहरूबाट आगो निभाउन सफल भएको हो , छिरिङ पेम्वा तामाङले बताए ।

तत्कालै कालिका गाउँपालिकाको उपाध्यक्ष मिरा लामा,वडा नम्बर ५ का वडा अध्यक्ष एवम् कालिका गा,पाको प्रवक्ता समेत रहेका छन् । सन्दीप पौडेल सहितको टोली घटना स्थल पुगेर उनीहरूलाई राहत वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घर एक तल्ला ढुङ्गाको र अर्को तल्ला जस्ता ले बारिएको थियो । लत्ताकपडा,खाद्यान्न लगायत गरगहना भाँडाकुँडा समेत केही रहेको छैन स्थानीयहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया