तामाङ समाज क्रोएसियाको प्रथम अधिवेशन तथा वार्षिकोत्सब हुने भएको छ । तामाङ समाजले डिसेम्बर ८ तारीख अधिवेशन तथा वार्षिकोत्सब गर्न लागिएको हो ।
तामाङ समाज क्रोएसियाले सूचना जारी गरेर अधिवेशन तथा वार्षिकोत्सब हुने जनाएका हुन् । सूचनाका अनुसार समाजका प्रमुख सल्लाहकार दावा लामाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति तोकिएको छ ।
तामाङ समाजको सूचनामा लेखिएको छ ` “विश्वभरि छरिएर रहेको तामाङ्गहरु एक हौं र आफ्नो भाषा धर्म संस्कृतिको जगेर्ना गरौं “ भन्ने मुल नाराका साथ यस तामाङ समाज क्रोएसियाले पहिलो कार्यकाल समाप्त भएसँगै तामाङ समाज क्रोएसिया कार्यसमितिको बैठक बाट पारित प्रथम अधिवेशन यहि डिसेम्बर ०८/२०२४ को दिन हुन गइरहेको हुँदा क्रोएसियाको विभिन्न क्षेत्रमा छरिएर रहनु भएका सम्पूर्ण तामाङ दाजुभाई तथा दिदीबहिनीहरुले उक्त अधिवेशनको लागि निर्वाचन समितिको संयोजक यस तामाङ्ग समाज क्रोएसियाको प्रमुख सल्लाहकार तथा संरक्षक श्री दावा लामा ज्यूको संयोजकत्वमा गर्ने निर्णय गरेको छ । ´
`उक्त अधिवेशनमा आफ्नो पद दावेदारको लागि आवेदन दिन निर्वाचन समितिको संयोजक श्री दावा लामा ज्यु र निम्न व्यक्तिहरूलाई सम्पर्क गरी आफ्नो पद दावेदार गर्न सक्नु हुनेछ ´ तामाङ समाजद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचनाका अनुसार समाजको पद दाबेदारका लागि निर्वाचन समितिका संयोजक दावा लामाको मोबाइल नम्बर (+385 916152770) सदस्य गगन तामाङको मोबाइल नम्बर (+385 995454463) र अर्का सदस्य नवराज तामाङको (+385 976565647) मोबाइल नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
त्यसैगरी फारम भने साथी डिजिटल र एभरेष्ट म. म मा पाइने छन् । फारम डिसेम्बर ५ तारीख बिहीबारसम्म बुझाइसक्नु पर्ने सूचनामा खुलाएको छ । सूचनाका अनुसार पदका लागी क्रोएसियाको विभिन्न क्षेत्रमा छरिएरका सम्पूर्ण तामाङ दाजुभाई तथा दिदीबहिनीहरुले दावेदारको लागि आवेदन दिन सक्नेछन् ।
थप यो पनि
क्रोएसियामा तामाङ समाज गठन, अध्यक्षमा सनिप
क्रोएसियामा पहिलो पटक मनाए ल्होछार
प्रथम तामाङ एफ.सि टुर्नामेन्टको उपाधी लाफा क्रोएसियालाई