स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशङ्कर गाउँपालिकामा बिहानैदेखि शान्तिपूर्ण मतदान भइरहेको छ ।
बिहान ७ बजेदेखि ९ वटै वडाको २१ मतदान केन्द्रमा मतदान भइरहेको निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीले जानकारी दिए ।
अहिले समाचार बनाई रहँदासम्म ५३४५ मत खसेको निर्वाचन कार्यालय गौरीशङ्करले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद सुवेदीका अनुसार गौरीशङ्करमा उपाध्यक्ष पदका लागि ९ वटा वडाका १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान जारी रहेको बताए ।
१५ हजार ७ सय १८ मतदाता रहेको गौरीशङ्करमा बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा मतदाताहरू लाइनमा बसिरहेका छन् ।
गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा २०७९ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । उनको गत वर्ष निधन भएपछि आज उक्त पदमा नयाँ उपाध्यक्ष नियुक्तिको लागि मतदान भएको हो ।
उपनिर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आज निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सरकारले सार्वजनिक बिदा दिएको छ ।