गौरीशङ्करमा ४८.२८ मत खस्यो, मतगणना भोलीबाट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
दोलखा

दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७५८९ मत खसेको छ ।

पालिका उपाध्यक्षका लागि आज भएको मतदानमा ७ हजार ५८९ मत खसेको निर्वाचन अधिकृतको कार्यालय गौरीशङ्करले जनाएको हो । निर्वाचनमा ४८.२८ प्रतिशत मत खसेको हो । पालिकामा कुल १५ हजार ७१८ मतदाता रहेकोमा करिब आधा मात्रै मत खसेको हो ।

उपनिर्वाचनमा सबैभन्दा बढी वडा नम्बर ५ सुरीमा १४८४ मत खसेको छ भने सबैभन्दा कम वडा नम्बर ९ गौरीशङ्करमा ५०७ मत खसेको छ । गौरीशंकरको वडा नम्बर ५ सुरीमा २ हजार ७८१ मतदाता रहेका थिए भने वडा नम्बर ९ गौरीशङ्करमा ११ सय ४ जना मतदाता रहेका थिए ।

यसै गरी, वडा नम्बर १ मा ७९२ मत खसेको छ भने वडा नम्बर २ मा ७७४, वडा नम्बर ३ मा ८७१ र ४ मा ९२७ मत खसेको छ । वडा नम्बर ६ चङ्खुमा ६४८, वडा नम्बर ७ मार्वुमा ७८४ र वडा नम्बर ८ खारेमा ८०२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचन अन्तर्गत गौरीशङ्करमा आज उपाध्यक्ष पदका लागि निर्वाचन भएको हो । गौरीश्ंकरको उपाध्यक्षका लागि राजनीतिक दलका ७ र ९ स्वतन्त्र गरी १६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

गौरीशंकरको मतगणना भने भोलीबाट मात्रै सुरु हुने भएको छ ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया