सुनको मूल्य तोलामा १२ सय घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडाै

आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका