गोकर्ण उद्यान शिलान्यास

0 Shares

काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाले संयुक्त रुपमा गोकर्ण उद्यान निर्माण गर्न थालेको छ ।

ऐतिहासिक, धार्मिक, पौराणिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णको यज्ञडोल स्थित जगडोल सामुदायिक वनमा रु तीन करोडको लागतमा निर्माण गर्न लागिएको सो उद्यान सोमबार शिलान्यास गर्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले नगरको गौरवको आयोजनाका रुपमा यसलाई अघि बढाइने जानकारी दिए ।

नेपाल सरकारले राष्ट्रिय शहीद स्मारक निर्माण गरिरहेको सामुदायिक बनमै यो उद्यान निर्माण गर्न लागिएको हो । नगरपालिकाले अलपत्र रहेको शहीद स्मारक सम्पन्न गर्न पनि पहल गर्ने मेयरकोे प्रतिबद्धता थियो ।

उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा महानगर र नगरपालिकाले रु एक÷एक करोड बजेट विनियोजन गरेका छन् । बाँकी रु एक करोड आगामी आवमा विनियोजन गरिने नगरपालिकाले जनाए ।

सोही अवसरमा काठमाडौँ डिभिजन वन कार्यालयका प्रमुख अनिल रेग्मीले सामुदायिक उद्यमशीलता केन्द्र पनि शुभारम्भ गरे । उक्त कार्यालय र यज्ञडोल सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा उक्त केन्द्र बनाउन थालिएको हो ।

दुबै संस्थाको रु तीन लाखको लागतमा केन्द्रमा काठका सामग्री बनाउन थालिएको सामुदायिक वनका अध्यक्ष सिग्देलले बताउए । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँकी सदस्य सान्नानी लामाले उद्यान र स्मारक निर्माण समयमै सकिनुपर्नेमा जोड दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका