गौरीशङ्करमा एमालेकी उमा शेर्पा विजयी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
357 Shares
दोलखा

गौरीशङ्कर गाउँपालिकाकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् ।

एमालेकी मगरले २८०५ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीकी निमलेकी शेर्पाले २६०० मत प्राप्त गरेकी छन् । त्यस्तै नेपाली काङ्ग्रेसकी उम्मेदवार पादिसकी शेर्पा १७२७ मत ल्याएकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १००, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११८ र एकिकृत समाजवादीका उम्मेदवारले ९० मत प्राप्त गरेका छन् । त्यस्तै ११० मत बदर भएका छन् ।

२०७९ को चुनावमा गठबन्धनमा माओवादीले अध्यक्ष र काङ्ग्रेसले उपाध्यक्ष जितेको थियो । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टी एकल प्रतिस्पर्धा गरेका थिए ।

आइतबार सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनमा ७ हजार ५ सय ८९ मत खसेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया