शैलुङ घले गाउँका पेम्बा तामाङ डुबेर बेपत्ता, खोजी कार्य जारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
2.2k Shares
चितवन

शैलुङ गाउँपालिका वडा नं. १ स्थित दुधपोखरी घले गाउँका १८ वर्षीय पेम्बा तामाङ नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।

चितवनको नवलपुरस्थित नारायणी नदी गैँडाकोट २ थुम्सीमा सोमबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तामाङ केही दिन अघि नालास्थित धाग्पो शेड् रूब लिङ गुम्बाबाट पूजाका लागि बुटवल गएको थियो । पूजा सकेर छुट्टीको दिनमा साथीहरूसँग पौडी खेल्न जाँदा खोला बगाएको बताइएको छ ।

प्रहरीले घटनास्थलमा खोजी कार्य सुरु गरेको जनाएको छ । बेपत्ताको उद्धार टिम र त्यहाँका स्थानीयले खोजी कार्य तीव्र गरिरहेको परिवारका दाजु विक्रम तामाङले जानकारी दिए । तर हालसम्म पेम्बाको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको परिवारका दाजु तामाङले जानकारी दिए ।

तामाङ डुबेर बेपत्ता भएपछि उनका परिवार शोकमा डुबेको छ । उनका बुबा नेत्र तामाङका अनुसार पेम्बालाई करिब ८–९ देखि गुम्बामा राखिएको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया