हराएका पाठक मृत भेटियो

मनु ठकुरी संवाददाता
35 Shares
नुवाकोट

नुवाकोट ककनी गाउँपालिका वडा नं. ६ घर भएका ३७ वर्षीय कृष्णप्रसाद पाठक मृत फेला परेको छ ।

मृतक पाठक बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेदेखि तारकेश्वर जाने त्रिशूल नदीको पुल नजिकैको बगरमा शनिवार मृत फेला पारेको प्रहरीले जनाएको छ । मृतकको शव त्रिशूल अस्पतालमा राखिएको छ ।

काठमाडौँ महानगर वडा नं. १० लोकतान्त्रिक चोकमा डेरा गरी बस्दै आएका पाठक गत मङ्सिर ४ गतेदेखि बेपत्ता भएका थिए ।

पाठक पेट सम्बन्धी बिरामी र हाल राम्रोसँग हिँडडुल गर्न समेत नसक्ने भएको अवस्थामा रहेको उनका भाइ हरिशरण पाठकले जानकारी दिए ।

मृतक पाठक श्रीमती र दुई छोराछोरी छन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया