तामाङ समाज क्रोएसियाको प्रथम अधिवेशन तथा वार्षिकोत्सब सम्पन्न भएको छ । तामाङ समाजको अधिवेशन तथा वार्षिकोत्सब डिसेम्बर ८ तारीख आइतबार जाग्रेबको सेन्टरमा सम्पन्न भएको हो ।
समाजको प्रथम अधिवेशनबाट प्रकाशचन्द्र तामाङको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति गठन भएको छ । कार्यसमितिको महासचिवको जिम्मेवारी बिशाल तामाङ (योन्जन)लाई दिएको छ । विशाल यसअघिको कार्यकालमा पनि महासचिव थिए ।
त्यसैगरी तामाङ समाज क्रोएसियाका वरिष्ठ उपाध्यक्षमा बुद्ध लामा, उपाध्यक्षहरु सन्जय तामाङ, हरि तामाङ, जीवन तामाङ ग्लान, दीपक तामाङ, नुर्बु तामाङ र प्रतिमा थोकर तामाङ रहेका छन् । कार्यसमितिका सचिव सुकबहादुर तामाङ (सुरेन), सहसचिव दीपक तामाङ, कोषाध्यक्ष दीपा तामाङ (गोले), सहकोषाध्यक्षहरु अमृता स्याङ्तान, सुजिता तामाङ र प्रवक्तामा रमेश तामाङ ब्लोनलाई चयन गरिएका हुन् ।
तामाङ समाज क्रोएसियाको प्रथम अधिवेशनबाट कार्यसमिति सदस्यहरु क्रमशः कमल योन्जन, विशाल मोक्तान तामाङ, अर्जुन मोक्तान तामाङ, मनिस थोकर, सोमति तामाङ, अजिता तामाङ, शान्ति योन्जन तामाङ, विवेक तामाङ, लाक्पा तामाङ, सुजन तामाङ, हरि तामाङ दोङ, सृजना योन्जन, निकेश तामाङ, विर्ख योन्जन तामाङ, छिरिङ तामाङ, सलामसिं तामाङ, डावाङ लामा, पदम योन्जन, गणेश तामाङ, प्रदीप तामाङ, राजेन्द्र तामाङ, रणबहादुर तामाङ, जीवन लामा, हरिबहादुर तामाङ, गोपाल मोक्तान, सुजन पाख्रिन, रितेश लामा, सविन तामाङ, धनाम थोकर तामाङ, उमेश तामाङ, श्यामबहादुर तामाङ, कुमार लामा, शम्भु थिङ तामाङ, विनोद गोले रहेका छन् ।
त्यस्तै समितिका साधारण सदस्यमा क्रमशः कुमार थिङ तामाङ, रेजिना तामाङ, हिरालाल घलान, छेसुङ लामा चयन भएका छन् । तामाङ समाजका बरिस्ठ सल्लाहकारमा साइमान लामा, संरक्षकमा दावा लामा, प्रमुख सल्लाहकार सनिप लामा र सल्लाहकारहरु मानबहादुर तामाङ र मिङमार घिसिङ तामाङ रहेका छन् ।
त्यसैगरी कार्यक्रमका प्रमुख एनआरएनका अध्यक्ष साइमान लामा, जनप्रगतिशील मंचका अध्यक्ष लोब्साङ तामाङ, तमु समाजका सल्लाहकार कमलमान गुरुङ, शेर्पा किदुगका अध्यक्ष निमी रिन्जेन शेर्पा लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा तामाङ समाज क्रोएसियाका संस्थापक समितिसँगै विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
थप यो पनि
तामाङ समाज क्रोएसियाले अधिवेशन तथा वार्षिकोत्सब गर्ने
क्रोएसियामा तामाङ समाज गठन, अध्यक्षमा सनिप
क्रोएसियामा तामाङ गोल्डकप हुने, टीम दर्ता खुल्ला