फिस्टेल हस्पिटलमा रबी लामिछाने “मुटू दरो छ औषधी दिनुस”

सैलुङअनलाइन
सैलुङअनलाइन संवादाता
7 Shares
काठमाडाै

कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार नआएपनि अस्पताल बस्न अस्वीकार गरेका छन् ।
वीरगन्जमा बयान सकेर आज पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो । अस्पतालका फिजिसियन डा‍‍‍.बसन्त ताम्राकारका अनुसार लामिछानेको रक्तचाप उच्च अवस्थामा छ । आज भएको स्वास्थ्य परीक्षणकाक्रममा लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० रहेको पाइएको ताम्राकारले बताए । साथै लामिछानेको मुटुको चालमा समेत समस्या देखिएको छ ।लामिछानेको रक्तचाप तथा इको परिक्षण गरिएको अस्पतालले जनाएको छ।
‘लामिछाने जीको स्वास्थ्य अवस्था बिग्रिएको छ, रक्तचाप तथा मुटुको चालमा पनि अस्वभाविक देखिएको छ,’ डा ताम्राकारले भने ‘भर्ना गरेरै थप परिक्षण तथा उपचार गर्नुपर्ने अवस्था छ’ । चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न भनेपनि लामिछानेले अस्वीकार गरेको बताए । ‘यो अवस्थाका बिरामीलाई भर्ना गरि उपचार गर्नुपर्ने हो तर लामिछानेले आफू हिरासतमै औषधी सेवन गरेर आराम गर्ने बताउनु भयो’, डा.ताम्राकारले भने ।
लामिछानेलाई अस्पताल बस्न उनका परिवार तथा सचिवालयले समेत आग्रह गरेकाे थिए । तर लामिछानेले ‘आफ्नो मुटु दरो छ’ भन्दै अस्पतालमा भर्ना हुन अस्वीकार गरेको स्वकीय सचिव अविनाश आचार्यले बताए । लामिछाने केही औषधी लिएर अहिले कास्की प्रहरी हिरासतमा फर्किएका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया