डिसेम्बर १६ तारीखदेखि अष्टीयाको भियनामा रहेको नेपाली दूतावासले राहदानीको लागि नयाँ आवेदन तथा बायोमेट्रीक लिने भएको छ ।भियना दूतावासले एक सूचना जारी गरेर आवेदन तथा बायोमेट्रीक लिने भएको हो ।
दूतावासको सूचनामा लेखिएको छ ` प्राविधिक समस्याका कारण केही समयदेखि बन्द रहेको राहदानी नवीकरण कार्य यही १६ डिसेम्बर २०२४ देखि सूचारू हुने भएकाले सम्वन्धित सबैको जनकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ´
` अतः पहिले जस्तै गरी प्रिइनरोलमेन्ट फाराम भरी नेपाली राहदानी, नागरिकता र सोको प्रतिलिपि सहित खातामा राहदानी शुल्क जम्मा भएको यकिन गरेर बायोमेट्रिकका लागि आउनुहुन समेत सूचित गरिएको छ ।´ दूतावासको सूचनामा उल्लेख छ ।
विद्धुतीय राहदानी प्रणालीमा प्राविधिक समस्याका देखिएपछि नोभेम्बर २५ तारीखबाट सेवा बन्द गरेको थियो । झन्डै ३ हप्ता बन्द भएका राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरू खुल्न लागेको हो ।
भियानमा रहेका नेपाली दूतावासले क्रोएसिया, ग्रिस, नर्थ मेसोडोनिया, अलबानिया, जोर्जिया, स्लोभेनिया, मोन्टेनिग्रो र बोस्निया हर्जगोभिनामा रहेका नेपालीहरुलाई सेवा दिदै आएको छ । भियानले सेवा दिएका मुलुकमध्ये क्रोएसियामा धेरै नेपालीहरु कार्यरत छन् । दूतावासबाट राहदानी सम्बन्धि सेवा सुचारु भएपछि क्रोएसियामा रहेका नेपालीहरु लाभान्वित हुनेछन् ।
थप यो पनि
नेपाली दूतावास भियनाले अर्को सूचना जारी नभएसम्म राहदानीका लागि आवेदन नलिने