सुनचाँदीको मूल्य घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौँ

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँ घटेको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएकामा आज एक हजार आठ सय ६० रुपैयाँमा किनबेच हुने महासङ्घले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका