वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आएको छ । उनि आज बिहान काठमाडौँ ओर्लिएको हो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले स्वागत गरे ।
लारा क्यानको निमन्त्रणामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करण हेर्न काठमाडौँ आएको हो । वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहनुभएका उनले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ ।
क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो । उहाँले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेको छ । एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाउनुुभएको थियो । उहाँले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गर्नुभएको छ भने ४८ अर्धशतक प्रहार गरेको छ ।
उनले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएको छ । लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएको थियो ।
त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेको छ । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेको छ ।