भक्तपुर महोत्सव सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
भक्तपुर

भक्तपुर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव यहाँ सुरु भएको छ । नगरपालिकाले २६ वर्षअघि यस्तै महोत्सवका गरेको थियो ।

भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो सहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव सहयोगी हुने विश्वास नगरप्रमुख सुनिल प्रजापतिले व्यक्त गरे ।

महोत्सवमा यहाँको ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच, प्रदर्शनी पौभा, तस्बिर, चित्रकला, छ्वालीकला प्रस्तुत गरिने छ ।

यसैगरी परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि हुनेछन् । भक्तपुर नगरलाई महोत्सवमय बनाउन नगरका ३२ स्थानमा प्रदर्शनी पनि हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया