अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुन आज बजार खुलेसँगै एक लाख ५० हजार आठ सय रुपैयाँमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1