पाँच लाख पुरस्कार राशीको आदिवासी खुल्ला कविता प्रतियोगिता गर्दै

दक्षिण कोरिया

नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), दक्षिण कोरियाले विश्वव्यापी आदिवासी खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । पाँच लाख कोरियन वन बराबरको प्रथम पुरस्कार राशीको विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता गर्न लागेको हो ।

नेफिन दक्षिण कोरियाले ७ बुँदको नियम तथा सर्तहरूको सूचना जारी गर्दै विश्वभरबाट कविता पठाएर सहभागी हुन आव्हान गरेको छ । आदिवासी विषयवस्तु बारे लेखिएको कविताहरूले मात्र सहभागी हुन सक्ने र आदिवासी एवं गैर आदिवासी कविहरूले समेट भाग लिन सक्ने नेफिन कोरियाले जनाएको छ ।

गत डिसेम्बर १ आइतबार सौलमा नेफिन कोरियाको कार्यसमितिसँग संरक्षक, सल्लाहकार तथा जातीय र सम्बद्ध संस्थाको अध्यक्षहरूको संयुक्त बसेको बैठकले कविता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतियोगिताको लागि सहभागीको लागि शुद्धसँग लेखेर ३१ जनवरी २०२५ सम्म इमेल वा वाटसाव (WhatsApp) मा पठाउनु पर्ने सूचनामा लेखिएको छ । जसमा मातृभाषा वा नेपाली भाषामा लेखिएको बढीमा २०० शब्दमा हुनुपर्ने छ । प्रतियोगितामा प्राप्त कविताहरूबाट विज्ञ निर्णायक समूहले उत्कृष्ट १० कविता छनोट गरी दोस्रो चरणमा भर्चुअल माध्यमबाट वाचनको लागि समय तोकिने बताएको छ ।

कविता प्रतियोगितामा प्रथम हुने कविताले ५ लाख वन (नेपालीमा लगभग ५० हजार), दोस्रो हुनेले ३ लाख वन (३० हजार) तेस्रो हुनेले २ लाख वन (२० हजार) पाउने छन् । त्यस्तै ३ वटा कविताहरूले सान्त्वना स्वरूप १/१ लाख पुरस्कार पाउने छन् ।

पुरस्कृत कविताहरू नेफिन कोरियाले प्रकाशन गर्न लागिरहेको ‘आदिवासी जर्नल–१’ मा प्रकाशन गर्ने छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया