सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
विराटनगर

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने  तयारी भएको बताएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले उक्त जानकारी दिएको हो ।
सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पु¥याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिए । राससले आफूलाई समयानुकूल परिवर्तन गर्दै ‘सबैले खोज्ने र रोज्ने’ बनाउन सुझाए ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवद्र्धनमा निरन्तर लागिरहेको बताए । आगामी वर्ष २० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने योजना रहेको र त्यसले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई २१औँ शताब्दीको सञ्चार संस्थाको रुपमा स्थापित गराउन आफू क्रियाशील रहेको बताए । उनले  स्थानीय तहमा भएका विकास– निर्माणका कामलाई बाहिर ल्याउन जिल्ला सामाचारदाताहरुलाई निर्देशन दिए । साथै उनले जनतालाई केन्द्रविन्दुमा राखेर कलम चलाउन आग्रह गरे ।
स्वागत मन्तव्य गर्दै राससका महाप्रबन्धक सिद्धराज राईले सकारात्मक पत्रकारितालाई बढावा दिनुपर्नेमा जोड दिए ।
रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले सरकारी एवं गैरसरकारीस्तरमा भएका कामलाई नागरिकसमक्ष पु¥याउन सम्बद्ध सबैलाई आग्रह गरे ।
मिथिला मिथक विमोचान 
त्यस अवसरमा कार्यकारी अध्यक्ष झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गरे ।
पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गरे ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका