गायक तथा संगितकार प्रबिन्स मोक्तानले “ हेलम्बु बजार ”बोलको गीत सार्वजनिक गरेका छन् ।
डि बि तामाङ बलको शब्दमा तयार पारिएको गीतमा प्रबिन्स मोक्तानको संगीत भरेका छन् । शुक्र तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा प्रबिन्स मोक्तान र पुर्णिमा ब्लोनले स्वर दिएका छन् ।
भावनात्मक र प्रेमिल संयोगहरुको परिकल्पना गर्दै तयार गरिएको गीतको शब्द हेलम्बु बजार आसपासको क्षेत्रलाई वर्णन गरिएको छ ।
धेरैले गीतको संगीत, शब्द र भिडियोको प्रशंसा गरेको गायक मोक्तानलेे बताए । यसले नेपाली सांगीतिक क्षेत्रमा सेलो गीतको लोकप्रियतालाई अझ बढावा दिने विश्वास गरिएको छ।
गायक मोक्तानको यसअघि थुप्रै गीतहरुमा स्वर दिइसकेका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1