क्रोएसियामा `१२ गाउँ´ र `छक्का पञ्जा´ प्रदर्शन हुने

`१२ गाउँ´ ११ बजे प्रदर्शन हुने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
511 Shares
जाग्रेब, क्रोएसिया

डिसेम्बर २५ तारीख क्रोएसियामा दुई नेपाली कथानक चलचित्र प्रदर्शन हुने भएको छ । क्रोएसियाको सेस्भेते युनिभर्सिटीको हलमा `१२ गाउँ´ र `छक्का पञ्जा´ गरि दुई चलचित्र प्रदर्शन हुने लागेको हो ।

चलचित्रलाई क्रोएसिया ल्याउन साथी डिजिटल र लामा ब्रदर्स (संजय ट्राभल्स)ले सहकार्य गरेका हुन् । उनीहरूले यसअघि सुपरहिट नेपाली कथानक चलचित्र`१२ गाउँ´ नोभेम्बर १७ मा समेत प्रदर्शन गरेका थिए ।

त्यसैगरि चलचित्र `१२ गाउँ´ बिहान् ११ बजे एक शो प्रदर्शन गर्न लागिएको लामा ब्रदर्स (सञ्जय ट्रान्सफर) का सञ्चालक सञ्जय तामाङले बताए । उनका अनुसार दर्शकहरुको अनुरोधमा चलचित्र `१२ गाउँ´पुनः एक शो प्रदर्शन गर्न लागिएका हुन् ।

चलचित्र `छक्का पञ्जा´ भने २ बजे र ५ बजे गरि दुई शो प्रदर्शन गरिने डिजिटलका संचालक गगन तामाङले जानकारी दिए । उनका अनुसार क्रोएसियामा रहेका नेपालीलाई एक दिन भएपनि मनोरञ्जनसँगै नेपालीपन महसुस गराउन चलचित्र देखाउन लागिएका हुन् ।

त्यस्तै चलचित्रको टिकट मुल्य १० युरो तोकिएका छन् । टिकटका लागि +385976506715 र +385995454463 मा सम्पर्क गर्न सक्नेछन् ।

त्यस्तै चलचित्रलाई क्रोएसिया ल्याउन काठमाडौं मार्टका सञ्चालकहरु कमलमान गुरुङ, दावा लामाले बिशेष सहयोग गरेको आयोजकको भनाई छ ।

थप यो पनि

क्रोएसियामा `१२ गाउँ´ आज प्रदर्शन हुदै, टिकट हलमा पाइने

नेपाली चलचित्र `१२ गाउँ´ क्रोएसियामा पनि प्रदर्शन हुँदै, नोभेम्बर १७

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका