सुदुरपश्चीमेली नेपाली समाज क्राऐसियाले एकदिने भलिबल प्रतियोगिता गर्ने भएको छ । समाजले यहि डिसेम्बर २६ तारीख भलिबल प्रतियोगिता गर्न लागिएको हो ।
विगतका वर्षमा आयोजना गर्दै आएको भलिबल प्रतीयोगिता यसवर्ष पनि अंग्रेजी वर्षको क्रिस्मसलाई मध्यजनर गरेर प्रतियोगिता गर्न लागिएको सुदूरपश्चिमेली समाज क्रोएसियाका अध्यक्ष बासुदेब ओझाले बताए । उनका अनुसार युरोपभरकै ठूलो राशि भएको भलिबल प्रतियोगिता हुन् । खेलले स्वास्थ्यलाई तन्दुरुस्त र मानसिक तनावलाई समेत कम गराउने भएकोले भलिबल प्रतियोगितामा समाजले बल गरेको अध्यक्ष ओझको भनाई छ ।
प्रतियोगिता बिहान् ७:०० बजेदेखि राति १०:०० बजेसम्म संचालन हुने सुदुरपश्चीमेली नेपाली समाज क्राऐसियाका सचिव श्याम बहादुर सावदले जानकारी दिए । उनका अनुसार मौसमलाई मध्यनजर गर्दै प्रतियोगिताका सबै खेल (Prisavlje 2, 10000 Zagreb) मा रहेको भित्री (indoor) खेलमैदानमा खेलाइने छन् ।
प्रतियोगितामा टिम दर्ता गर्न ३ सय युरो लाग्ने आयोजक सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाले जनाए । आयोजकका अनुसार प्रतियोगिताको प्रथम हुने टिमले नगद ३ हजार १सय ३१ युरो, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै द्वितीय हुने टिमले १ हजार ५ सय १५ युरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भलिबल प्रतियोगितामा टिम दर्ताका लागि वा अन्य जानकारीका लागि सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष :बासुदेव ओझाका नम्बर ( +385976900682) र उपाध्यक्ष : प्रकाश बोहराका नम्बर (+385953639465) सम्पर्क गर्न सक्नेछन् । त्यस्तै समाजका सचवि श्यामबहादुर सावदका नम्बर (+3855525866), कोषाध्यक्ष चेतन बिसी (+385991900475), सहकोषाध्यक्ष तिलक ओली +9779763828433) र खेल संयोजक ललित विकको +385955338130) नम्बरमा सम्पर्क गरि जानकारी लिन सक्नेछन् ।
सुदुरपश्चीमेली नेपाली समाज क्राऐसियाले गतवर्ष पनि भलिबल प्रतियोगिता गरेका थिए । साथै संस्थाले विभिन्न क्षेत्रमा आर्थिक नैतिक लगायतमा सहयोगहरु गर्दै आएका छन् ।
थप यो पनि
सुदूरपश्चिमेली समाज क्रोएसिया भलिबल प्रतियोगिता: विजेता बने भराजदिन
सुदूरपश्चिमेली समाज क्रोएसियाले खुला भलिबल प्रतियोगिता गर्ने