छुसकमा ‘आईडल, गलबन्दी र कमेडी’को सौगात

साैल, दक्षिण कोरिया

आगामी कोरियन चाड छुसकको दोस्रो दिन सेम्टेम्बर १३ को सांगीतिक कार्यक्रममा नेपाल आईडल, दोहोरी गीत र कमडीमा रमाउन पाउने भएको छ ।

तमू धीं दक्षिण कोरिया केन्द्रको आयोजनामा हुने ‘चौंथो रोधीं सांगीतिक सौगात’को लागि कलाकार छनोट र कार्यक्रमको प्रचारप्रसार ब्यनर आइतबार सार्वजानिक गरेको हो । तमू धीं केन्द्र आयोजनामा शनिबार र आइतबार थेगु र ख्यङ्साङ्नाम्दो बुसान शाखाको सह-आयोजनामा भएको बनभोजमा एक अपचारिक कार्यक्रमको साथमा कलाकार छनोट सार्वजानिक गरेका थिए ।

जसमा पहिलो नेपाल आईडलका विजेता भर्सटायल गायक बुद्ध लामा, ब्याटल एवं लोक तथा दोहोरी गायक प्रकाश सपुत (बोलमाया/गलबन्दी गायक), लोक गायिका बत्ती थापा मगर, आधुनिक गायक कमेडियन फुलनदेवीकी आमा (उमेश राई) लगायतका कलाकार कार्यक्रममा ल्याउने भएको तमू धींका अध्यक्ष जितबहादुर गुरूङले बताए ।

तमूहरुको विश्वव्यापी नारा “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानिस, भन्ने मूल नाराका साथ छुसकमा साँस्कृतिक तथा रोधी सांगीतिक कार्यक्रम गर्ने भएको छ । ब्यनर तथा कलाकार छनोट सार्वजानिक कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ कोरियाका अध्यक्ष युगल टेण्डुप शेर्पा, विशेष अतिथि तमू धीं थेगु शाखाका अध्यक्ष हर्क गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्ष अनिश गुरुङ, फोनिज कोरियाका अध्यक्ष गोकुल थोकर, नेपाल तामाङ संघका अध्यक्ष मेघप्रसाद वाईबा लगायत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका