रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका मा भएको पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रसुवा माध्यमिक विद्यालय धुन्चे ले हात पारेको छ ।
गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा भएको उक्त रनिङ शिल्ड पुस २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगिता को उद्घाटन जिल्ला समन्वय समिति रसुवाको प्रमुख अशोककुमार घिमिरेले गरे ।
समापन बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले गरिएको थियो । मन्त्री मास्केले बोल्दै आफ्नो कार्यकालमा गोसाईंकुण्ड केबलकारको विषयलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।
उक्त रनिङ शिल्ड प्रतियोगितामा गोसाईंकुण्ड पालिका भित्रका ८ वटा निजी तथा सरकारी विद्यालयहरू को सहभागिता रहेको थियो ।
७ स्वर्ण,६ रजत,७ कास्य गरी २० वटा मेडल प्राप्त गरेर रसुवा माध्यमिक बिद्यालय प्रथम भयो । त्यस्तै ६ स्वर्ण,७ रजत,४ कास्य गरी १७ वटा मेडल प्राप्त गरी हाईल्याण्ड आवासीय मावि द्वितीय भएको छ । यस्तै ७ स्वर्ण,२ रजत,७ कास्य गरी १६ वटा मेडल प्राप्त गरी नमुना एभरग्रिङ वोडिङ स्कुल तृतीय भएको थियो ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन गाउँपालिका टिम,खेलकुद विकास समिति,सुरक्षाकर्मी ,राजनीतिज्ञ,राजनीतिक दल,नागरिक समाज,कर्मचारी सञ्चारकर्मी,स्थानीय जनता,शिक्षक,विद्यार्थी,अभिभावक र सरोकारवाला निकायहरूको उपस्थित रहेको थियो ।