तामाङ बौद्ध सेवा समितिले बाह्र कक्षा उतिर्ण विद्यार्थी सुनिता वाइबा तामाङलाई छात्रवृत्ति प्रदान गरेको छ । तामाङलाई कृति-लोक तामाङ जेहेन्दार छात्रवृत्ति अक्षयकोषले उपलब्ध गराएका हुन् ।
सुनितालाई समितिको त्रैमासिक भेलाका क्रममा तामाङ घेदुङका पूर्वाध्यक्ष धनप्रसाद तामाङ, कोषकार माया योञ्जन, समाजसेवी रामप्रसाद सम्देन, समितिका अध्यक्ष बुद्धि रुम्बा लगायतले संयुक्तरूपमा छात्रवृत्ति वितरण गरेका थिए ।
पोखरा महानगरपालिका- १३स्थित सङ्गम टोलमा कार्तिक २ गते भएको कार्यक्रममा कोषकार माया योञ्जन पोखरा महानगर घेदुङ अध्यक्ष टेकबहादुर स्याङबो लगायतकाले मन्तव्य राखेका कार्यक्रममा समितिका उपाध्यक्ष विष्णु योञ्जनले स्वागत मन्तव्य राखेका थिए ।
समितिकाबअध्यक्ष बुद्धि रुम्बा तामाङ सभापतिरहेका कार्यक्रम सचिव ब्रिजेश थिङ तामाङले सञ्चालन गरेका थिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1