नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा श्रेष्ठ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौँ

काठमाडौँ नेपाल फिजियोथेरापी सङ्घ(नेप्टा)को अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ निर्वाचित भएको छ । सङ्घको ११औँ महाधिवेशनबाट उहाको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन भएको छ । यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित भएको छ ।

कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्ज्वल डोटेल, तेञ्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशङ्कर शाह, महिला सदस्यमा सृजना लुइँटेल, जनजातिमा कौशल दास, मधेसीमा नवीनकुमार जैसवाल चयन भएको छ । राष्ट्रिय परिषद् सदस्यमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल चयन भएको निर्वाचन समितिले जनाएको छ । देशभर तीन हजार फिजियोथेरापिस्ट रहेकामा सङ्घमा करिब ११ सय सदस्य आबद्ध रहेका जनाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका