‘रणभूमिमा म’

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

कलाकार हरिओम मेहतासँग ‘रणभूमिमा म’ शीर्षकमा आयोजित कला छलफलमा सहभागीहरुले कला क्षेत्रको विकासमा ठोस कदम चाल्न नसकिएको भन्दै गुनासो गरेका छन् । उनीहरुले यस क्षेत्रमा स्वयं कलाकारहरुले भूमिका बढाउनुपर्नेमा जोड दिए ।

छलफलका क्रममा मेहताले अरूले के गरेभन्दा पनि आफूले के गर्ने र गरेँ भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिँदै हरेकले आआफ्नो क्षेत्रबाट कलाको विकासमा सक्दो योगदान गर्नुपर्ने आवश्यकता औँल्याए ।

मंगलबार भएको कला छलफल ‘रणभूमिमा म’ शीर्षकको सार्थकताबारे बताउँदै उनले भने, ‘प्रतिनिधि पात्र ‘म’ मार्फत उर्वर भूमिमाथि शक्तिको आडमा मानिसमाथि शोषण गरेर उर्वर भूमिलाई कसरी रणभूमिमा परिणत गर्छन् भन्ने कुरा साङ्केतिक रुपमा देखाउन खोजेको हुँ ।’

उनले ‘कथा’ शीर्षकमा सुगौली सन्धि र त्यस विपरितको व्यवहारलाई भत्कन लागेको चापाकललाई विम्ब बनाएर साङ्केतिक भाव प्रस्तुत गरेको थियो ।

सप्तरी घर भएका मेहताले कला छलफलका क्रममा अहिलेसम्म आफूले गरेको काम र प्रदर्शनीको बारेमा जानकारी दिँदै नेपालको मौलिक संस्कृति, परम्परा र पुरातात्विक क्षेत्रलाई पुरातत्व विभागमा मात्रै सीमित नगरी इतिहासका धरोहर र संस्कृति बारेमा बुझाउने प्रयास स्वरुप विभिन्न जिल्लामा पुगेर चित्रकला प्रदर्शनी गरेको जानकारी दिए ।

उनले राजधानीमा जस्तो कलाको भाव बुझ्ने र चासो लिने व्यक्तिहरुको तराईमा कमी रहेको महसुस गरेको समेत बताए । उनले इतिहासलाई आत्मसात् गर्नुपर्ने र सामाजिक विकृतिलाई अन्त्य गर्नतर्फ कलाकारहरुले भूमिका खेलनुपर्नेमा जोड दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका