‘देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ’

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौं

मनहरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरुप्रसाद बरालले देशको आर्थिक विकासका साथै विकास–निर्माणका कामलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलले आज यहाँ आयोजना गरेको प्रशिक्षणमा सुशासन कायम गर्दै जनताका चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए । उनले आर्थिक समृद्धि र सुशासनलाई वर्तमान सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको र पार्टीले पनि त्यसमा निरन्तर सहयोग गर्दै आएको बताए।

मुलुकमा सुशासन कायम गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा उनले जोड दिए । विधिको शासन नमान्नेलाई कारबाही गर्नु राज्यको दायित्व हो भन्दै उपाध्यक्ष बरालले एमालेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरुले सुशासनविरुद्ध काम गर्नेलाई कानुनको कठघरामा उभ्याउन सघाउनुपर्ने बताए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया